
मेरी हजुरआमा ज्यादै बाठी हुनुहुन्छ ।
भर्खरै किनेको स्यामसुङ कम्पनीको ल्यापटप मेरो काखमा छ । बन्द कोठामा म मेरो कक्षाकी एक महिला मित्रसंग वीन्डो लाईभ मेसेन्जेर मार्फत फ्लट गरिरहेको हुन्छु । बैँसले उन्मत्त भएकोबेला क्षण-क्षणमा फुट्ने मेरो खित्-खिते हाँसो । त्यो हाँसो कतिखेर मेरी हजुरआमाको कानसम्म पुगेछ, थाँहा नै भएन । मेरी हजुरआमा लट्ठो टेक्दै मेरो कोठामा छिर्दैहुनुहुन्छ । यता मेरो सातो हराइसक्यो । मलाई हजुरआमाको सार्है डर लाग्छ साथसाथै औँधी माया पनि ।
लट्ठीको टकटक आवाज सुन्ने बित्तिकै म सतर्क हुन्छु । कोठाभित्र छिर्नुभन्दा अगाडी हजुरआमा ढोका अलिकति मात्र खोलेर टाउको छिराई मलाई हेर्न खोज्नुहुन्छ तर कोठा आधा अध्यारो नै छ । मेरो ल्यापटको स्क्रिनबाट निक्लेको प्रकाशलाई हजुरआमाले केहि क्षणपछि ठम्यापछि मलाई टुलुटुलु हेर्नुहुन्छ । म पनि नजर फर्काउँछु । मे देख्छु मेरी हजुरआमाको आधा जसो मुख ढाख्ने पावरदार मोटो चश्माको एउटा सिसा त फुटेकै रहेछ । ‘वुवालाई जाबो चश्मा बनाइदिने समय पनि छैन है’, मनमनै बुवाप्रति गुनासो पोख्दै गरेकोबेला मेरो दाँया खल्तीमा ‘बिप-बिप’ गर्दै मोबाइल भाइब्रेट गर्छ । मोबाइल खोलेर हेर्छु, अनी फेरी मनमनै जङ्गिन्छु, ‘ह्या! यी केटीहरुको पनि काम छैन है, खाली मिसकल मात्र गर्छन, कहिले कसो त कल पनि गर्नु नि, अनि जान्या थेँ’ । म फेरी आफ्नो नजर ल्यापटपमा फर्काउँछु । त्यतिन्जेल म बसेको कुर्सी पछाडीको खाटमा हजुरआमा थचक्क बसिसक्नु भएछ । ह्-यात्तेरीका ! कपाल कनाउदै म भिडियो च्याट विन्डो बन्द गर्छु तर हजुरआमा थाँहा पाएर पनि नपाएजस्तो गर्नुहुन्छ । वास्तवमा हजुरआमा अगाडि कोहि केटिसँग फ्लट गर्न मलाई सार्है लाज लाग्छ । खाट अली पुरानो भएकोले काठको खुटा हल्लेको ‘कड्याक्क’ आवाज म सजिलैसंग सुन्न सक्थेँ तर केटीसंग च्याटमा मग्न भएपछि के थाहाँ पाउथेँ र । (more…)









